१३ कार्तिक २०८३, शुक्रबार

माओवादी केन्द्रले सिद्धान्त बिर्सेको भन्दै बागलुङ नगर अध्यक्षद्वारा पार्टी परित्याग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । नेकपा माओवादी केन्द्र बागलुङ नगरका अध्यक्ष इन्द्र केसी पारसले पार्टी छोडेको घोषणा गरेका छन् ।

केसीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आफू माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका हुन् ।

केसीले विज्ञप्तिमा उल्ल्ेख गरेका छन्, ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलले राष्ट्रियताको सावालमा खेलेको दोहोरो भूमिका र एमसीसी प्रकरणका कारण आजकै मितिदेखि माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछु ।’

पार्टीले जनयुद्धमा उठाएका माग बिर्सँदै गएको र सिद्धान्त बिर्सन थालेको बताउँदै आफूले पार्टी छोडेको बताए ।

त्यस्तै, उनले नेकपा पनि सिमित नेताहरुका स्वार्थका कारण फुटेको बताए ।

‘मेरो जीवनको उर्जाशिल दिनहरु यस पार्टीमा खर्चिएको कसैका लाभका लागि नभै समाज र परिवर्तनका लागि रहेको थियो, यस क्रममा म संग क्रियाशिल सबै सहयोद्दा कमरेडहरु प्रति मेरो कुनै गुनासो छैन ।’ विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ विज्ञप्तिः