१३ कार्तिक २०८३, शुक्रबार

क्रिप्टोकरेन्सी प्रचारमा संलग्न आरोपमा प्रियंका कार्कीलाई सोधपुछपछि रिहा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै अभिनेत्री प्रियंका कार्कीलाई सोधपुछ गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कार्कीलाई साधारण सोधपुछपछि जिम्मा–जमानीमा रिहा गरेको छ ।

क्रिप्टोकरेन्सीको प्रचार गर्न तयार पारिएको विज्ञापनमा फोटो देखेपछि सीआईबीले कार्कीलाई सोधपुछका लागि बोलाएको थियो । उनी आइतबार काठमाडौँको महाराजगञ्जस्थित सीआईबी कार्यालय पुगेकी थिइन् ।

प्रहरीले नेपालमा क्रिप्टोकरेन्सी अवैध रहेकाले संलग्नहरुमाथि छानबिन भइरहेको जनाएको छ ।