१३ कार्तिक २०८३, शुक्रबार

अवैध रूपमा लैजान लागेको विदेशी मुद्रासहित १ युवती पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ६ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलरसहित गोरखा बोर्लाङ-८ घर भएकी २३ वर्षीया रञ्जिता श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको ब्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।