
पोखरा, ६ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको भाषणप्रति चित्त दुखाएका छन्।
प्रेस सेन्टर गण्डकीले पोखरामा आइतबार गरेको पत्रकार सम्मेलनमा गुरुङका जस्ता भाषा प्रयोग गरी कांग्रेसले हेपेको खण्डमा गठबन्धनको विकल्प खोज्नुपर्ने पनि बताएका छन्।
उनले भने,‘कांग्रेसका एक जना गुरुङजी छन् नि, हात्तिको उसमा चमेरा कि के भन्या छन्। त्यस्तै भाषा क्या, सुन्नै बडो गाह्रो क्या।’ यस्तै हो भने विकल्प खोज्नुपर्ने बताएका प्रचण्डले अहिले नै त्यति सोची नसकेको पनि बताए।











प्रतिक्रिया