१३ कार्तिक २०८३, शुक्रबार

माधव नेपालको कामलाई सम्झिएर घृणा गर्ने बेला आएको छ : शंकर पोखरेल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको भक्तपुर जिल्ला कमिटीले मध्यपुर थिमिमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै माधवकुमार नेपाललाई सम्झेर घृणा गर्ने बेला आएको बताएका छन् ।

पोखरेललेले भने, ‘हिजोका माधव नेपाललाई होइन आजको उनको कामलाई सम्झेर घृणा गर्ने बेला आएको छ ।’

नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट आन्दोलनको अभिशापको रुपमा रहेको उनले आरोप लगाए । ‘एक्लै हिँड्न नसक्ने भएर उनीहरु काङ्ग्रेस सभापति शेरबहादुर देउवाको फेरो समातेर नेपालमा समाजवाद ल्याउने सपना देख्दैछन्’ महासचिव पोखरेलले भने ।