१३ कार्तिक २०८३, शुक्रबार

प्यूठानमा बस दुर्घटना हुँदा बालकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, ५ चैत । प्यूठानको माण्डवी गाउँपालिकाको तारिवाङमा याुत्रबहाक बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ ।

प्यूठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ जाँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा अन्य ३० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते र मृतक सबैलाई स्थानीयले उद्धार गरी नजिकैको स्वास्थ्यचौकीमा पुर्‍याएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् । उनीहरु सबैलाई दाङको बगंलाचुली लैजाने तयारी भइरहेको छ ।