१३ कार्तिक २०८३, शुक्रबार

भौतिकशास्त्र र योगशास्त्रको फ्युजन गर्न सकेमा जीवन सार्थक

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विवि श्रेष्ठ

व्यास, ४ चैत । पतन्जली योग समितीको समन्वय युवा नेपाल समितीको समन्वय र कनकटार टोल विकास संस्थाको आयोजनामा एक दिवसीय योग जागरण कार्यक्रम सम्पन्न भएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेको प्रमुख अतिथीमा सम्पन्न भएको कार्यक्रममा पतन्जली योगपीठ नेपालको केन्द्रिय सदस्यलवदेव गुरु रहेका थिए ।

योग जागरण कार्यक्रममा योगगुरु लवदेव गुरुले योगको महिमाका बारेमा प्रकाश पारेका थिए । शरिरमा रहने विभिन्न अंगको कनेक्सन शरिरका विभिन्न तन्तुसँग रहेको हुँदा योगको माध्यमबाट समाजमा सुख र शान्ति प्राप्त गर्न सकिने बताएका थिए ।

पौराणिक कालदेखि नै योगको शुरुवात भएतापनि यसको निरन्तरता नहुँदा आममानव जाति दुःखको संसारमा फसेको बताएका थिए । भौतिकशास्त्र र योगशास्त्रको फ्युजन गर्न सकेमा जीवन सार्थक वन्ने समेत उनले वताए । सो अवसरमा गुरु लवदेवले विभिन्न योगको वारेमा प्रशिक्षण दिएका थिए ।

यसैगरि प्रमुख अतिथी व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले योग जागरण अभियानले शरिरमा स्वास्थ्य रहन ठुलो भुमिका खेल्ने बताए । अब योग जीवनको अभिन्न अंग बनेको बताए । यसको प्रयोग सबैले गर्नुपर्दछ, योगको वारेमा सचेतना जगाउन नगरपालिकाले सकेको सहयोग गर्ने समेत बताए ।

कनकटार टोल विकास संस्थाका उपाध्यक्ष सृजना न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संस्थाका सचिव रोशन खनालले संचालन गरेका थिए । कार्यक्रममा विभिन्न टोलका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।