१३ कार्तिक २०८३, शुक्रबार

शिक्षक सेवाको परीक्षा दिन प्रवेश पत्र र परिचय खुल्ने प्रमाणपत्र पनि चाहिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । शिक्षक सेवा आयोगको परीक्षा दिन जाँदा प्रवेश पत्रसँगै आफ्नो परिचय खुल्ने प्रमाणपत्र पनि बोक्नुपर्ने भएको छ ।

आयोगले एक सूचना जारी गर्दै चैत १५, १७, १९ र २१ गते सञ्चालन हुने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका उम्मेद्वारले प्रवेश परीक्षाको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान अनुरोध गरेको हो ।

आयोगले खुलातर्फ माध्यामिक तहमा एक हजार ४२, निम्न माध्यामिक तहमा एक हजार ९१३ र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खोलेको छ । मावि तहको परीक्षा १५ गते, निम्न माध्यामिक तहको १७ गते, प्राथमिक तहको १९ गते र आन्तरिक बढुवातर्फको २१ गते हुने छ ।