१३ कार्तिक २०८३, शुक्रबार

ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित एक जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले एक जनालाई पक्राउ गरेको छ ।

कार्यालयले ड्रोनको लेन्सभित्र लुकाएको एक सय ग्राम सुनसहित भुटानी शरणार्थीका रुपमा अमेरिका गएका अनिषहाङ बहिङ राईलाई पक्राउ गरिएको जनाएको छ ।

विमानस्थलका अनुसार बिहीबार दिउँसो १२ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन् ।

त्यस्तै, करिब ९ सय ग्राम सेतो धातु पनि लुकाएर ल्याएको कार्यालयले जनाएको छ । सेतो धातु चाँहि चाँदी हो भन्ने अनुमान गरिएको छ ।