१३ कार्तिक २०८३, शुक्रबार

मेरो कार्यकालमा जनता खुशी छन्ः मेयर शाक्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले डिपुटी मेयर हरिप्रभा खड्गीबीच मिडियामा आएको विवाद नभएको जनाएका छन् ।

शुक्रबार उनले आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएका कामबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मिडियामा आएका हेडलाइनहरुले पनि धेरै कुरा बिगारेको बताएका छन् ।

केही केही विषयमा उपमेयर खड्गीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको उनको भनाइ छ ।

‘विवादको विषयमा जे–जे हेडलाइन आए त्यस्तो हैन, कन्टेनमा ठिक थियो । तर हेडलाइनमा अलि कडा आउँदा धेरै ठूलो हो कि जस्तो लागेको हो’ उनले भने । रानीपोखरीमा कंक्रिट विवादमा आफ्नो अडान अहिले पनि कायम रहेको उनले बताए ।

रानीपोखरी वर्षमा एक दिन हैन, सधैं खुला हुनुपर्छ भन्ने आफ्नो योजना अनुसार काम गर्न खोजेको उनले बताए । कफि सप र शौचालय भने आफूले मन्दिर भित्र नभई शान्तिबाटिकामा बनाउन चाहेको र अहिले बनिरहेको पनि उनले बताए ।

त्यस्तै, मेयर शाक्यले आफ्नो कार्यकाल सफल भएको बताएका छन् ।

मेयर शाक्यले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा मेयर शाक्यले आपत्तिजनक भएको जनाएका छन् ।

उनले आफूले पुनः मेयरमा उम्मेदवारी दिने विषयमा पार्टीको निर्णयअनुसार हुने बताएका छन् ।