१३ कार्तिक २०८३, शुक्रबार

थप ५१ जनामा कोरोना पुष्टि, ३९२ जना कोरोनामुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । नेपालमा कोरोनाभाइरस संक्रमणको दर घटेको छ । विगत केही दिनदेखि कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

शुक्रबार पनि थप ५१ जनामा संक्रमण देखिएको छ । २ हजा् ५९२ जनाको पीसीआर र ३ हजार ३२२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्ले २४ घण्टामा ३९२ जना कोरोनामुक्त भएका छन् । हाल देशभर ३ हजार ९९६ जना सक्रिय संक्रमित रहेका छन् ।

यससँगै हालसम्म संक्रमित हुनेको संख्या ११ लाख १८ हजार १८० जना पुगेको छ । यसैगरी ९ लाख ६२ हजार १६३ जना निको भएका छन् भने ११ हजार ९५० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।