
काठमाडौँ, ४ चैत । बैंकिङ कसुरमा २० लाख जरिवाना र ५ दिन कैद तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं.७ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका वडा नं. १ भत्केको पुल बस्ने ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले मेघा बैंक लिमिटेड, गोंगबु, काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी खातामा पर्याप्त रकम नभएको भन्ने जानी–जानी झुक्याएको भन्ने प्रमाणित भएको भन्दै उच्च अदालत पाटनले उनलाई जरिवाना र सजाय जारी भएको थियो ।
विश्वकर्मालाई २०७८ फागुन १० गते बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम २० लाख रुपैयाँ जरिवाना र ५(पाँच) दिन कैदको फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार उनलाई प्रहरीको टोलीले टोखाबाट पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया