१४ कार्तिक २०८३, शनिबार

निर्वाचन अघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थामा एमालेको आपत्ति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । नेकपा एमालेले निर्वाचन आयोगले स्थानीय तह चुनाव लड्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेकोमा आपत्ति जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरेको आचारसंहितामा बहालवाला जनप्रतिनिधिले उम्मेद्वार बन्ने हो भने पहिला पदबाट राजीनामा दिनु पर्ने व्यवस्था गरेको छ ।

आयोगको यो वयवस्थामा आपत्ति जनाउँदै एमाले उपमहासचिव विष्णु रिमालले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन, स्थानीय तहका ‘प्रधानमन्त्री’ पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?’

रिमालले कुनैपनि सेवा अबरुद्ध नहोस् भनेर अवधि सकिनु २ महिना अघि चुनाव गर्नुपर्ने कानुनी प्रावधान राख्ने, तर त्यही कानुन विपरीत पद खाली गर्ने प्रावधान आचारसंहितामा किन राख्ने ? भन्दै अर्को प्रश्न पनि गरेका छन् ।