६ कार्तिक २०८३, शुक्रबार

अभियान लघुवित्तको समीक्षा गोष्ठी प्रारम्भ, पृथबहादुर थापाले तालिम दिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० फागुन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा गोष्ठी प्रारम्भ गरेको छ ।

संस्थाका अध्यक्ष बाबुराम थापाले पानसमा बत्ती बालेर गोष्ठीको उद्घाटन गरेका छन् । गोष्ठीमा विभागीय प्रमुख, अनुगमन अधिकृत तथा ७ वटै प्रदेशका ६० वटा शाखाका शाखा प्रमुखहरुको सहभागिता छ ।

यो कार्यक्रम तीनदिनसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । टुकी रिसोर्ट, पोखरामा आयोजना गरिएको गोष्ठीको उद्घाटन समारोहमा संस्थाका संस्थापक सदस्य सोम प्रसाद पौडेल र पूण्य प्रसाद पौडेलको समेत उपस्थिति थियो ।

समिक्षा गोष्ठीमा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत पृथबहादुर थापाले लघुवित्तसम्बन्धी विभिन्न विषयमा तालिम समेत प्रदान गर्ने कम्पनीद्वरा जारी विज्ञप्तिमा उल्लेख छ ।