
काठमाडौँ, २९ फागुन । सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्घिचरण नगरपालिका, वडा नं ०४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । एक्सटेन्सन काउन्टरको उध्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरे ।
उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका वडा नं ०४ का अध्यक्ष रत्नबहादुर गुरुङ, श्री रुम्जाटार मा.वि का प्रधानाध्यपक गोकर्ण बहादुर वानिया, सिभिल बैंकका चिफ क्रेडिट बिजनेष सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात व्यवस्था कार्यालयसँग सम्बन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग गर्न सक्नेछन् ।
बैंकले हालसम्म करिब सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरुमार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
सिभिल बैंकले ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्पmत सेवा प्रदान गरिरहेको छ । बैंकको ७ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । बैंकले हालसम्म करीव रु. ८९ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ९० अर्ब भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।















प्रतिक्रिया