
हेटौंडा, २९ फागुन । अवैध लागूऔषधको ठूलो परिमाणसहित प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको छ । राक्सिराङ चैनपुरबाट हेटौंडातर्फ आइरहेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई मनहरी—७ पुल नजिकै रोकेर खोजतलास गर्दा एक सय ८० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजा, पिकअपका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका—१६ बस्ने वर्ष २९ को बुद्धिमान बाइबा, पिकअप गाडीमा सवार वर्ष २९ को अर्जुन स्याङ्तान र वर्ष ३० को विनोद पाख्रिनसहित गाडीलाई नियन्त्रणमा लिएको प्रहरीले बताए ।












प्रतिक्रिया