
काठमाडौँ, २६ फागुन । नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार आएको छ ।
साताको अन्तिम दिन बिहीबार नेप्से ५२.३१ अंकले बढ्दै २५६६.९० मा पुगेको छ ।
आजको दिनमा अधिकांश कम्पनीहरुले कमाएका छन् । बिहीबार विभिन्न कम्पनीका ५६ लाख बढी कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोड बराबरको कारोबार भएको छ ।
निरन्तर घटेको नेप्से बढेपछि लगनीकर्तामा उत्साह जागेको छ ।















प्रतिक्रिया