
काठमाडौँ, २३ फागुन । डाबर नेपालले डाबर वाटिका नेचुरलको नयाँ रेन्जहायाट प्लेस्, काठमाडौँमा भव्य रुपमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेको छ ।
यो ब्राण्डको अनावरण डाबर वाटिका नेचुरल स्याम्पुको सेलिब्रिटि ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काको साथै डाबर नेपालका व्यापार प्रमुखएच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा गरिएको थियो ।
डाबर नेपालले नेपाली श्याम्पु बजारमा आफ्नो उपस्थिती जनाउँदै नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरिय वाटिका श्याम्पू उपलब्ध गराएको छ । डाबर वाटिका नेचुरल स्याम्पु तीनवटा भेरियन्टमा पाइन्छ – ब्ल्याक साइन स्याम्प कालो र चम्किलो कपालको लागि, थिक र लंग स्याम्पु, बाक्लो र लामो कपालको लागि र एन्टी डेण्ड्रफ स्याम्पु चाँयामुक्त कपालको लागि बनाइएको छ ।
हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन् जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्गर कन्डिसियनिङ दिन्छ ।

एच. एस. बेदी, डाबर नेपालको व्यापार प्रमुखले भने, ‘डाबर वाटिका नेचुरल स्याम्पुको लन्च डाबरको उपभोक्ता तर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिँदै आएको प्रतिबद्घताको नतिजा हो । हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।’
मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, ‘डाबर वाटिका नेचुरल स्याम्पु आफ्नो उपभोक्तालाई सधैँ केही नयाँ र रोमाञ्चक उत्पादन ल्याउने यस कम्पनीको निरन्तर प्रयासको नतिजा हो ।’ गोर्खालीले अभैm थप्दै भने ूडाबर वाटिका नेचुरल स्याम्पुको फर्मुला बजारको व्यापक अनुसन्धानपछि नेपाली उपभोक्ताको चाहना अनुरुप १० प्राकृतिक तत्वहरुसहित बजारमा ल्याएका छौं ।
डाबर वाटिका नेचुरल स्याम्पु १७० एम.एल., ३३० एम.एल. र ६५० एम.एल.का बोतल आर्कषक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एम.एल. र ३.५ एम.एल.को स्यासेमा पनि उपलब्ध छ । ३३० एम.एल.को बोतलमा पम्पको सुविधा पनि रहेको छ ।















प्रतिक्रिया