१५ कार्तिक २०८३, आइतबार

पूजा शर्माले सार्वजनिक गरिन् आफ्नो प्रेमी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ फागुन । अभिनेत्री पूजा शर्माले पहिलोपटक आफ्ना प्रेमी सार्वजनिक गरेकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यवसायी युद्ध बानियासँगको प्रेमसम्बन्धमा रहेको खुलासा गरेकी छिन्।

उनले युद्धसँगको एक फोटो राख्दै आफूहरुबिच प्रेमसम्बन्ध रहेको स्विकार गरेकी छिन्। ‘यु आर द वान’ सहित रेड इमोजी उनले फेसबुकमा लेखेकी छिन्।

 

एक वर्षदेखि पूजा र युद्धबिच प्रेमसम्बन्धमा रहेको चर्चा चल्दै आएको छ। केही दिनअघि मात्रै पूजाले एक अन्तर्वार्तामा घरबाट बिहेको कुरा चलिरहेको र आफूहरु एकअर्कालाई चिन्दै गरेको बताएकी थिइन। तर औपचारिक रुपमा भने पूजाले पहिलोपटक नै सार्वजनिक गरेकी हुन्।