६ कार्तिक २०८३, शुक्रबार

एनसीसी बैंकका ग्राहक र कर्मचारीले नारायणी सामुदायिक अस्पतालमा छूट पाउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेपाल क्रेडिट एण्ड मकर्श (एनसीसी) बैंकका ग्राहक र कर्मचारीले चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा विशेष छूट पाउने भएका छन् ।

उक्त छूट प्रदान गर्न बैंकले हालै सो अस्पतालसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुले छूट सुविधा प्राप्त गर्ने भएका छन् ।

सो छूट उपभोग गर्न अस्पतालको सेवा लिएपछि बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्फत भुक्तानी गर्नु पर्ने छ । ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण विक्रीबाहेक) मा १० प्रतिशत छूट प्राप्त हुने बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ वटा शाखा, १३ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएममार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको विज्ञप्तिमा जनाइएको छ ।