
काठमाडौं, २३ फागुन । विश्व नारी दिवसको अवसरमा ललितपुरको चापागाँउ दोबाटो (सातदोबाटो) स्थित सिटी स्पेशियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छूट प्याकेज सार्वजनिक गरेको छ ।
क्लिनिकले ओपीडी निःशुल्क, ल्याब जाँच ३० प्रशित छूट, अल्ट्रासाउण्डमा ३० प्रतिशत छूट, ईसीजी ३० प्रतिशत छूट, औषधिमा १० प्रतिशत छूट दिने घोषणा गरेको हो ।
नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि ३० गतेसम्म एक हप्तासम्म महिला तथा पुरुष दुबैलाई छूट दिइने क्लिनिकका प्रमुख डा. सुमन सिम्खडाले जानकारी दिए ।
साथै क्लिनिकले ओमन्स–डे स्पेसल हेल्थ याकेज कार्यक्रम पनि ल्याएको छ । जसमा सहुलियत दरमा महिला तथा पुरुषले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन् ।















प्रतिक्रिया