
काठमाडौँ, १९ फागुन । नेपाली बजारमा बिहीबार सुनको भाउ करिब एक लाख रुपैयाँ नजिक पुगेको छ ।
बिहीबार प्रतितोला चार सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । वुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढे एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।















प्रतिक्रिया