
काठमाडौँ, १८ फागुन । शेयर बजारमा पहिरो गएको छ ।
वुधबार एकै दिन नेप्से परिसुचक ६३.५४ अंकले घटेर २५४७.०५ बिन्दुमा झरेको छ ।
आजको दिनमा सबै कम्पनीहरुले गुमाएका छन् । वुधबार विभिन्न कम्पनीका ७६ लाख ५२ हजार बढी कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६२ करोडको कारोबार भएको छ ।
नेप्से घटेपछि लगानीकर्तामा चिन्ता छाएको छ ।















प्रतिक्रिया