
काठमाडौँ, १६ फागुन । पछिल्लो २४ घन्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३४१ नमूना परीक्षणमा १८० जनामा संक्रमण देखिएको हो। ५२१८ नमूनाको पीसीआर र ३१२३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो।
जसमध्ये पीसीआरबाट ११९ नमूना र एन्टिजेनबाट ६१ नमूनाको रिर्पोट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ।
यस्तै आज थप ४०० जना कोरोनामुक्त भएका छन्। नेपालमा हाल कोरोना सक्रिय संक्रमितको संख्या ८२३५ छ। पछिल्लो २४ घन्टामा १ लाख ४१ हजार १२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।












प्रतिक्रिया