१५ कार्तिक २०८३, आइतबार

माओवादी नीतिः नेता एमसीसीको पक्षमा, कार्यकर्ताहरु विरोधमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले एमसीसी पारित गर्ने निर्णय गरेको छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गराएका हुन् ।

तर माओवादी कार्यकर्ताहरुले भने विगत केही दिनदेखि एमसीसीविरुद्ध निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

आइतबार आफ्नो पार्टीले एमसीसी पारित गर्ने निर्णय गरेपनि माओवादी कार्यकर्ताहरु बाक्लो रुपमा उपस्थित भएर विरोध गरिरहेका छन् ।

पार्टीको निर्णयप्रति माओवादीका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल लगायतले असहमति जनाएका छन् ।