
काठमाडौँ, १३ फागुन । युक्रेनी आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले रुसी सेनाले दर्जनौँ गैरसैनिक स्थललाई निसाना बनाइरहेको जनाएको छ ।
“गैरसैनिक स्थलहरूमा आक्रमण नगरेको रुसीहरूले दाबी गरेका छन्। तर गत २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा हमला भएको छ,” भेडिम देनिसेन्कोले समाचारसंस्था रोयटर्ससँग भने ।
रुसी फौज तीव्र रूपमा उत्तर, पूर्व र दक्षिणतिरबाट राजधानी किएभतर्फ बढिरहेका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी आक्रमणकारीहरू सहरभित्र पहिल्यै पुगिसकेका छन् । –बीबीसी















प्रतिक्रिया