३ कार्तिक २०८३, मंगलबार

‘रुसी सैनिक युक्रेनको राजधानी किएभ पुगे’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । रुसी सैनिकहरू राजधानी किएभ पुगेको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन् ।

युक्रेनको रक्षा मन्त्रालयले ट्विटरमा “शत्रु” ओबोलोन क्षेत्र आइपुगेको जनाएको छ ।

युक्रेनी अधिकारीहरूले स्थानीय बासिन्दालाई प्रतिकार गर्न प्रोत्साहित गरेका छन् भने अरूलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएका छन् ।

बीबीसी संवाददाताहरूका अनुसार ठूलाठूला विस्फोटनको आवाज सुनिएको छ ।

किएभमा सुनियो गोली हानाहानको आवाज

रुसी फौज अगाडि बढिरहँदा युक्रेनी राजधानी किएभमा गोली हानाहानका आवाज सुनिएका थुप्रै विवरणहरू आइरहेका छन् ।

बीबीसी संवाददाता पोल एडम्सले पनि आफूले त्यस्तो आवाज सुनेको बताएका छन् ।

अनुसन्धनात्मक पत्रकारिता गर्ने बेलिङ्क्याट वेबसाइटका कार्यकारी निर्देशक क्रिस्टो ग्रोजेभले गोली हानाहानको आवाज सुनिने भिडिओ फुटेज पोस्ट गरेका छन् । –बीबीसी