शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अब ‘बिहे नेपाल’ एपमार्फत यसरी खोज्नुस् आफ्नो जीवनसाथी

दैनिक नेपाल २०७८ फागुन १२ गते २०:३१

काठमाडौँ, १२ फागुन । नेपालमा जीवनसाथी खोज्नका लागि बिहेनेपाल एप सार्वजनिक भएको छ ।

गत कात्तिक महिनामै अनौपचारिक रुपमा सञ्चालनमा ल्याइएको यो एप राव सफ्टवेयरले सार्वजनिक गरेको हो ।

बिहीबार भने यसको औपचारिक लन्च भएको हो ।

यो एउटै प्लेटर्फबाट दीर्घकालीन सम्बन्धको खोजीमा रहेका अविवाहित तथा अन्य एकल नेपालीका लागि दुई दिदीबहिनी श्रद्धा र श्रेया कटुवालले यो एप सञ्चालनमा ल्याएका हुन् ।

यससँगै एपले संभावित साथीहरु एकै ठाउँ, आफ्नै मोबाइलसम्म ल्याइदिने सहसस्थापक श्रद्धा कटुवालले बताइन् ।

उनका अनुसार एप गत कात्तिक महिनामा पहिलो पटक टेस्टका लागि रिलिज गरिएको थियो । लगत्तै मानिसहरुको क्रेज बढेको छ । हालसम्म एपमा तीन हजारभन्दा बढी युजरहरु नेटवर्कमा जोडिएका छन् ।

‘अनलाईन डेटिङ्ग र मेट्रिमोनी अहिलेसम्म हाम्रो समाजको प्रचलन बसिसकेको छैन। यो एपले नयाँ ट्रेन्ड बसाल्न र जीवनसाथीको खोजीमा लागेका नेपालीको सहज बनाउन अब मार्केटमा आएको छ’ को फाउन्डर श्रेया कटुवालले भनिन् ।

यो सञ्जालले जीवनसाथीको खोजिमा सक्रिय रहेका प्रयोगकर्ताहरुले उमेर, शिक्षा, बसोबास, स्थान जस्ता छनोटबाट खोजि कार्य साँघुरो बनाउँदै लैजाने उनीहरु बताउँछन् । जब आफूलाई उपयुक्त व्यक्ति भेटिन्छ तब उनीहरु च्याटमार्फत आपसमा कुराकानी गर्न सक्छन् ।

बिहेनेपालमा सर्वसाधारणको लागि फ्रि रजिष्ट्रेसन रहेको छ भने भिआईपी क्लबलाई सदस्य बन्नको लागि ४९ हजार रुपैयाँ लाग्छ । जहाँ सबैको पहुँच हुँदैन ।

प्रयोगकर्ताले यो एपमार्फत जोडिन वास्तविक परिचय दिने नागरिकता वा ड्राइभिङ लाइसेन्स उपलब्ध गराउनुपर्नेछ । विहेनेपालले यी परिचयपत्रको आधारमा परिचय प्रमाणित गर्नेछ । प्रमाणित प्रोफाइलहरुले हरियो संकेत चिन्ह प्राप्त गर्नेछन् । त्यसपछि आफूले चाहेको व्यक्तिसँग कुराकानी गर्न र वैवाहिक सम्बन्ध गाँस्ने निर्णयसम्म पुग्न सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित