३ कार्तिक २०८३, मंगलबार

तीन देशका विदेशमन्त्री युक्रेन भ्रमणमा जाँदै, जुट्दै सहयोग र समर्थन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाट्भीया, १० फागुन । रुसले युक्रेनमा आक्रमण गर्न लागेको चर्चाकाबीच विभिन्न तीन देशका विदेश मन्त्री युक्रेन भ्रमणमा जाने भएका छन् ।

इस्टोनिया, लाट्भीया र लिथुनियाका विदेशमन्त्री युक्रेन जान लागेका हुन् । युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरु युक्रेन जान लागेको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ ।

लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभिस्कले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूहरु युक्रेन भ्रमणमा जान लागेको पुष्टि गरेका छन् । उनले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि युक्रेन जान लागेको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।