३ कार्तिक २०८३, मंगलबार

बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई ६० लाख जरिवानासहित पाँच वर्ष जेल सजाय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । भारतको बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल प्रमुख लालु प्रसाद यादवलाई ६० लाख जरिवानासहित ५ वर्षका लागि जेल सजाय सुनाइएको छ ।

सोमबार झारखण्डमा सीबीआईको विशेष अदालतले चार घोटालाका पाँचौँ मामिलामा यादवलाई ६० लाख जरिवानासहित पाँच वर्षको कैद सजाय सुनाएको हो ।

अदालतले १५ फेब्रुअरीमा दोषी ठहर गरेको थियो ।

अदालतको फैसलाविरुद्ध यादवले उच्च अदालतमा अपील गर्न सक्ने बीबीसीले जनाएको छ ।