३ कार्तिक २०८३, मंगलबार

पुटिनले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको बाइडेनको दाबी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, ८ फागुन । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन् ।

रुसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उनले बताएका छन् । रुसले सुरुमा युक्रेनको राजधानी किभलाई पहिलो निशाना बनाउन सक्ने उनको भनाई छ ।

‘मलाई यो विश्वास छ कि उनले निर्णय गरेका छन्,’ राष्ट्रपति पुटिनलाई सङ्केत गर्दै बाइडेनले भने । तर, रुसले युक्रेनमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

यसैबीच, पूर्वी युक्रेनमा बिखन्डनकारीहरुको क्षेत्रमा सेनाले गोलाबारी गरेपछि त्यस क्षेत्रका स्थानीय रुसतर्फ लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्महरुले जनाएका छन् ।