५ कार्तिक २०८३, बिहिबार

अब साउदीका महिलाले मक्कादेखि मदिनासम्म ‘हाई स्पीड’ रेल चलाउने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, ६ फागुन । साउदी अरबीयाले महिला उत्थानका लागि ठूलो सुधार गरेको छ। अब साउदी अरेबीयाका महिलाले ‘हाई स्पीड’ रेल चलाउनेछन्। एउटा रेल कम्पनीले ३० जना महिला ट्रेन चालक भर्तीका लागि विज्ञापन निकालेको छ। तालिमपछि यी महिलाहरु साउदीको पवित्र सहर मक्का र मदिनाबीचको सडकमा हाई स्पीड ट्रेन चलाउनेछन्।

अचम्मको कुरा के छ भने कम्पनीले ३० महिला ट्रेन चालक भर्नाका लागि २८ हजार निवेदन प्राप्त गरेको समाचार आजतकमा छ। । रेल कम्पनीका अनुसार सफल उम्मेदवारले एक वर्षको प्रशिक्षण पछि पवित्र सहर मक्का र मदिना बीच उच्च गतिको रेलहरू चलाउनेछन्।

रूढिवादी मुस्लिम देशमा महिलाका लागि रेल चालकको विज्ञापन सार्वजनिक गरिएको यो पहिलो पटक हो। दशकौंदेखि, साउदी अरेबियामा संसारका सबैभन्दा कम महिला आफ्नो घर छोडेर कार्यालय गएका छन्। तर विस्तारै स्थिति सुधार भएको छ। युवराज मोहम्मद बिन सलमान तेलमा साउदीको निर्भरता घटाउन चाहन्छन्।

विदेशी लगानी र पर्यटकलाई आकर्षित गर्न उनले आफ्नो देशको छवि सुधार्ने प्रयास गरिरहेका छन्। यसका लागि उनले देशका धेरै कानुनमा परिवर्तन पनि गरेका छन्।

साउदीले सबै खाडी देशहरूबाट प्रतिस्पर्धामा अगाडि बढ्ने प्रयास गरिरहेको छ । यसका लागि महिला जनशक्ति पनि प्रयोग गरिरहेको छ । साउदीमा पछिल्ला केही दिनमा घरबाहिर काम गर्ने महिलाको संख्या बढेको छ ।

यसअघि साउदी अरेबियामा महिलालाई गाडी चलाउन नपाइने भएपनि सरकारले अहिले यो प्रतिबन्ध हटाएको छ । त्यस्ता परिवर्तनहरूको परिणाम भनेको विगत पाँच वर्षमा कार्यालयमा महिलाको सहभागिता झण्डै दोब्बर बढेर ३३ प्रतिशत पुगेको छ।

साउदी अरेबिया महिलाप्रतिको रूढीवादी मानसिकताबाट बाहिर निस्कन खोजिरहेको छ र यसका लागि धेरै प्रकारका सामाजिक सुधारहरू भइरहेका छन्। साउदी अरबमा, महिलाहरूलाई अझै पनि विवाह गर्न, जेलबाट बाहिर आउन र केही रोगहरूको उपचार गर्न पुरुष अभिभावकको अनुमति लिने गर्छन्।

–एजेन्सी