१८ कार्तिक २०८३, बुधबार

प्रभावशाली केन्द्रीय सदस्यहरु एमाले प्रवेश, रित्तिदै प्रदेश १ मा माओवादी केन्द्र

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । पछिल्लो समय विविन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ। यसैबीचमा मोरङ पथरीशनिश्चरे –१ का पूर्णबहादुर कार्की माओवादी केन्द्र पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नव प्रवेशी कार्कीलाई कार्यक्रमका प्रमुख अथिति संघीय सांसद, पार्टी स्थाई कमिटीका सदस्य भानुभक्त ढकालले अविर लगाएर स्वागत गर्नुभएको थियो ।

कार्की माओवादी निकट अखिल नेपाल यातायात मजदुर संघ केन्द्रिय सदस्य र ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य रहुनु भएको थियो । उहाँसँगै माओवादीबाट ९ जना र नेपाली कांग्रेसबाट ३ जना लगाएत कार्कीको नेतृत्वमा ३९ जना प्रवेश गर्नुभएको छ ।