आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

हाम्रो जोड गठबन्धन बचाउनेमा छः प्रचण्ड

दैनिक नेपाल २०७८ फागुन ५ गते १५:५७

काठमाडौँ, ५ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु कसरी गठबन्धन बचाउने भन्नेमा लागेको बताएका छन् ।

बिहीबार अपराह्न माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा यस्तो बताएका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूहरु एमसीसीलाई निकास दिने पक्षमा रहेको बताएका छन् ।

तीन दलबीच साझा धारणा बन्य भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, ‘हामी तीन दललाई एक मत बनाउने भनेर लागेकै छैनौं । पाँच दललाई कसरी बचाउने र एमसीसीलाई कसरी निकास दिने भन्ने छ ।’

प्रचण्डले भने, ‘हाम्रो जोड सकेसम्म यो गठबन्धन बचाउनेमा छ ।’

प्रतिक्रिया
सम्बन्धित