
पेट्रोपोलिस (ब्राजिल), ५ फागुन । ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने हजारौं नागरिक प्रभावित भएका छन् ।
बाढी तथा डुबानका कारण झण्डै ८० वटा घरमा क्षति पुगेको छ । त्यस्तै ३०० जनालाई विद्यालयमा आश्रय दिर्इ सुरक्षित राखिएको पेट्रेपोलिस नगरप्रमुखको कार्यालयलाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ । विज्ञहरुले जलवायु परिवर्तनको प्रभावले भारी वर्षा भएको बताएका छन् ।
तातो वायुमण्डलमा बढी पानी हुने भएकाले विश्वव्यापी उष्णताले अत्यधिक वर्षा हुने गरेको र यसबाट आउने बाढीले जोखिम बढाएको विज्ञको भनाइ छ । यसै महिनाको सुरुमा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परि दक्षिणपूर्वी ब्राजिलमा २८ जनाको ज्यान गएको थियो ।
झण्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको अधिकारीहरूले बताएका छन् । रियो दि जेनेरियो राज्यका मेयरले त्यो सन् १९३२ पछिको ठूलो वर्षा भएको बताएका छन् ।
पेट्रोपोलिस सहरका मेअरले त्यहाँ आपत्काल घोषणा गरेका छन् । खोजी तथा उद्धारकर्ताहरूले माटोमा पुरिएका मानिसहरू खोजिरहेका छन् ।















प्रतिक्रिया