
काठमाडौँ, १ फागुन । कोरोनाभाइरस महामारीका कारण बन्द रहेका सिनेमा हलहरु आजदेखि खुल्ने भएका छन् ।
स्वास्थ्य मापदण्ड अपनाएर फागुन १ देखि सिनेमा हल नियमित सञ्चालन गर्न जिल्ला प्रशाशन कार्यालयले अनुमति दिएसँगै सिनेमा हल खुल्ने भएका हुन् ।
सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौँ उपत्यकाका सिनेमा हलमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने छन ।












प्रतिक्रिया