
काठमाडौँ, २९ माघ । पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक बजारमा भीषण आगलागी भएको छ ।
प्रहरीका अनुसार आगलागीका कारण केही घर जलेर नष्ट भएको छ ।
आगो नियन्त्रणका लागि फिदिमबाट दमकल लगिएको जनाइएको छ ।
फिदिमदेखि यासोक बजार करिब २० किलोमिटर दूरीमा पर्छ ।
आगलागीका कारण बजार नै जोखिममा परेको छ ।












प्रतिक्रिया