१७ कार्तिक २०८३, मंगलबार

एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी हुन अपील

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ माघ । एमसीसीविरुद्ध २२ वामपन्थी दललगायत राजनीति मोर्चाले राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् ।

दल र मोर्चाले सोमबार हुने विरोध प्रदर्शनमा सहयोग र सहभागिताका लागि अपील गरेका छन् ।

राजधानीको माइतीघरदेखि नयाँ वानेश्वरसम्म हुने विरोध र्‍यालीमा नेकपा माले, नेकपा (संयुक्त), नेकपा (मालेमा केन्द्र) लगायतका २२ वामपन्थी, मोर्चा, अभियान र संगठनको सहभागिता रहने पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले शनिबार एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।