१७ कार्तिक २०८३, मंगलबार

स्थानीय निर्वाचनबारे आयोगले आइतबारदेखि दैनिक ब्रिफिङ गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । निर्वाचन आयोगले आइतबारदेखि स्थानीय तह निर्वाचनबारे दैनिक ब्रिफिङ गर्ने भएको छ ।

निर्वाचनको तयारीका साथै आयोगसँग सम्बन्धित विषयमा आयोगले मिडिया सेन्टरमा हरेक अपरान्ह ४ बजे प्रेस मिट गरेर आयोगको गतिविधिबारे जानकारी दिने भएको हो ।

शुक्रबार आयोगका उपसचिव कमल ज्ञवालीले जारी गरेको सूचनामा आइतबारदेखि हरेक दिन अपरान्ह ४ बजे मिडिया सेन्टरमा प्रवक्ता तथा सहायक प्रवक्ताको उपस्थितिमा प्रेस मिट हुने तय भएको उल्लेख गरिएको छ ।

सरकारले आगामी ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सरोकारवालाहरु तयारीमा लागेका छन् ।