सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

कोरोनाबाट थप १४ जनाको मृत्यु, ११२८ जनामा संक्रमण, २ हजार २१५ निको

दैनिक नेपाल २०७८ माघ २८ गते १६:२४

काठमाडौँ, २८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १ हजार १२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर र एन्टिजेन विधिबाट ३ हजार ५४२ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार १२८ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ११ लाख ९ हजार ११४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २१५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ३२ हजार ८२२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको छ ।

थप १ लाख ४५ हजार २६५ हजार जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित