
काठमाडौँ, २८ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपौयाँले बढेर ९४ हजार भएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार ४०० तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।












प्रतिक्रिया