१७ कार्तिक २०८३, मंगलबार

भेटियो बालकुमारीको मूर्ति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको हराएको मूर्ति भेटिएको छ ।

यही माघ ८ गतेदेखि हराएको बालकुमारी माईको मूर्ति भेटिएपछि सुनाकोठीवासीले बाजागाजासहित सिन्दुर जात्रा गरेका छन् ।

शुक्रबार बिहान खुमलटारस्थित करुणा मन्दिरमा मूर्ति फेला परेको प्रहरीले जनाएको छ । मूर्ति भेटिएको जानकारी पाएसँगै स्थानीयबासीले खुशीयाली व्यक्त गरेका छन् ।

प्रहरीले गुठीका प्रतिनिधिहरुलाई मूर्ति हस्तान्तरण गरेको छ ।

स्थानीयले बाजागाजा र अबिर लगाइदिँदै खुशी साटे । उक्त मूर्तिलाई सुनाकोठी नै लगिएको छ ।