१७ कार्तिक २०८३, मंगलबार

आठ जना सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २७ माघ । सरकारले आठ जना सचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मधुसूदन बुर्लाकोटीको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ ।

त्यस्तै, सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईँको भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएकी छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्यका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा पठाइएको छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेको वाण्ज्यि सचिवमा सरुवा भएको छ ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियाको भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (प्रविधि) सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्यको शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।