
काठमाडौँ, २७ माघ । नेकपा एमालेले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटालाई संसद बैठक सार्न आग्रह गरेका हुन् ।
त्यो दिन एमालेको विराटनगरमा प्रदेश नंबर १ स्तरीय भेलाको कार्यक्रम राखिएकोले सो मिति भन्दा अगाडि वा पछाडि बैठक बोलाउन भट्टराईले आग्रह गरेको बताएका छन् ।
फागुन २ गते पार्टीको प्रदेशस्तरीय भेलाका लागि सांसदहरु विराटनगर जाने भएकाले संसद बैठक त्यसको अघि वा पछि सार्न सभामुख सापकोटालाई भट्टराईले आग्रह गरेको बताएका छन् ।
यद्यपि सभामुखले कुनै जवाफ दिएका छैनन् ।












प्रतिक्रिया