१८ कार्तिक २०८३, बुधबार

कोरोनाबाट थप १२ जनाको मृत्यु, १३६९ जनामा संक्रमण, २ हजार २३८ निको

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ८८० पीसीआर र एन्टिजेन विधिबाट ३ हजार एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ३६९ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ११ लाख ७ हजार ९८६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २३८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ३० हजार ६०७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ जना रहेको छ ।

थप २ लाख २० हजार ६०१ हजार जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८६४ जना पुगेको मन्त्रालयले जनाएको छ ।