१७ कार्तिक २०८३, मंगलबार

स्वास्थ्यचौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २७ माघ । लालझाडी गाउँपालिकाको देखभुली स्वास्थ्यचौकीलाई आज उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ ।

केयर नेपाल र निड्स कञ्चनपुरका प्रतिनिधिले गाउँपालिका प्रमुख मदनसेन वडायकलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा गाउँपालिका प्रमुख वडायकले उच्च क्षमताको रेफ्रिजेरेटर उपलब्ध भएपछि खोप भण्डारणका लागि सहज हुने भएको बताउनुभयो ।

दुई सय ६० लिटर क्षमताको रेफ्रिजेरेटरको मूल्य रु चार लाख ९७ हजार रहेको छ ।

स्वास्थ्यचौकीका अधिकृत लीलाकान्त झाका अनुसार यस्तो प्रकारको डब्लुएचओको मान्यता प्राप्त रेफ्रिजेरेटर एउटा स्वास्थ्य कार्यालय कञ्चनपुर र अर्को देखभुली स्वास्थ्यचौकीमा मात्रै रहेको छ ।–रासस