
काठमाडौँ, २७ माघ । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् ।
अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८÷७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै १० अर्ब निर्वाचनका लागि छुट्याइएको बताए पनि ५० अर्ब माग रहेको जनाए ।
‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । आयोगले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक पर्ने जनाएको छ भने सुरक्षा निकायले कति खर्च लाग्नेबारे गरिरहेको जनाइएको छ ।












प्रतिक्रिया