
काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसले सूचना विभागको प्रेस पास बाहक पत्रकारलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएको छ।
सरकारको नेतृत्व गरेको कांग्रेसको पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको समाचार सङ्कलन गर्न गएका पत्रकारलाई सुरक्षाकर्मीले गेट बाहिरै रोकेका छन्।
धर्ना र प्रदर्शन भएपछि सुरक्षाकर्मीले माथिको आदेश भन्दै समाचार सङ्कलन गर्न पत्रकारलाई रोक लगाएका हुन्।












प्रतिक्रिया