१७ कार्तिक २०८३, मंगलबार

मतदाता नामावलीमा आफ्नो नाम भए, नभएको कसरी हेर्ने ? (तरिकासहित)

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ माघ । सरकारले सोमबार स्थानीय तहको चुनाव वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ। सोमबार निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले मंगलबारदेखि नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिसकेको छ।

यसले गर्दा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तपाईंले भोट दिन पाउनुहुन्छ कि हुन्न मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन भन्ने कुरा यसरी हेर्न सकिन्छ।

यसरी हेर्नुहोस् आफ्नो नाम छ छैन ।

१.सबैभन्दा पहिले तपाई निर्वाचन आयोगको वेवसाइट (https://election.gov.np/np/page/voter-list) मा क्लिक गर्नुहोस्।

२. त्यसपछि टेबलमा तपाईंको प्रदेश, जिल्ला, आफू बस्ने गाउँपालिका वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यसपछि तपाईंले तल्लो टेबलमा वडा नम्बर र आफूले मतदान गर्ने केन्द्र पनि छनोट गर्नुहोस् ।

३. त्यसपछि सबमिट (SUBMIT) लेखेको बटममा क्लिक गर्नुहोस्।

४. त्यसपछि नामावली देखिन्छन्। जहाँ तपाईको नामको पहिलो अक्षरमा क्लिक गर्नुहोस् र वर्णानुक्रम अनुसार आफ्नो नाम भए नभएको हेर्न सक्नुहुन्छ।

५. यदि तपाईलाई आफ्नो फोटोसहितको पूरा विवरण हेर्ने चाहेमा आफ्नो नाम पछाडि रहेको मतदाता विवरणमा क्लिक गरेपछि आउने नयाँ टेबलमा आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्छ। त्यससछि चित्रमा दिएको अक्षर खाली ठाउँमा जस्ताको तस्तै लेखेपछि तपाईंको पूर्ण विवरण देखाउँछ।