१७ कार्तिक २०८३, मंगलबार

राप्रपा त्यागेका थापा भन्छन् : हिन्दू राष्ट्र, सुशासन र समृद्धिका लागि नयाँ पार्टी खोल्दै छौं

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले अब केही दिनभित्रै नयाँ पार्टी दर्ता गर्न लागेको बताएका छन् । राप्रपा छोडेको घोषणा गरेका थापाले फागुन १ मा नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन्।

नयाँ पार्टी दर्ताका लागि फागुन १ मा निर्वाचन आयोग जाने तयारी रहेको थापाले जानकारी दिएका छन् ।

उनले भने, राप्रपामा रहेका मेरो पक्षका नेता तथा कार्यकर्ताले दवाव दिएपछि मैले नयाँ पार्टी खोल्न लागेको हो । “साथीहरूले दवाव दिएपछि नयाँ पार्टी खोल्ने निश्कर्षमा पुगेको छु,”

थापाले खोल्न लागेको नयाँ पार्टीले हिन्दू राष्ट्रको मुद्दालाई प्राथमिकतामा राख्ने भनिएको छ। थापाले थपे, “हिन्दू राष्ट्र, सुशासन र समृद्धिका लागि नयाँ पार्टी खोल्न लागेका छौं,” ।